Logo बिहिवार, आश्विन १ गते २०८३
images

मोरङमा ६६ हजार ६८० मतदाता थपिए

मोरङमा ६६ हजार ६८० मतदाता थपिए

  • 2.8K
    SHARES

  • मोरङमा ६६ हजार ६८० मतदाता थपिए

    मोरङ,माघ १६ ।

    मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन्। २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म उक्त संख्यामा मतदाता थपिएका हुन्।

    प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिंगी चार जना थपिएका छन्। जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिंगी दुई मतदाता थिए।

    आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रंगेलीमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो। २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म  महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिंगी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन्।

    आयोगले मतदाता नामावली विशेष संकलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मंसिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाइ नामावली संकलन गरिएको थियो। सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए। निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली संकलन जारी रहने अधिकारीले जानकारी दिए।

    रासस ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology