बुटवल, माघ १५ ।
नेपाल नियमित रक्तदाता संघले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । हरेक महिनाको तेस्राे शनिबार संघले नियमित रुपमा यसप्रकारको कार्यक्रम गर्दै आइरहेको छ । बुटवलको रक्तसंचार केन्द्र र मिलनचाेकमा दुइ स्थानमा कार्यक्रम भएको हाे । ती दुबै स्थानमा गरि १०४ पाेका रगत संकलन भएको नेपाल नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिए ।
उता मिलनचाेकमा आयाेजित कार्यक्रम संघ र जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको हाे ।
कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै संघका सल्लाहकार बिमल बहादुर शाक्यले सामाजिक कार्यमा उत्तम दान रक्तदान भएको बताए । मानिसको रक्तदानप्रतिको सोँचमा परिवर्तन आईरहेको भन्दै उनले यसको महत्व बुझाउन संघसंस्थाहरुको भूमिका खेलेको उनले बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी,प्रालिका कार्यकारी प्रमुख राजबिर जयसवाल,रुपन्देही नृत्यकर्मी संघका अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर,साईन डिजाईनका राजिव भुषालले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको मिलनचाेकमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)