Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

डोटी अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला

डोटी अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला

  • 1.4K
    SHARES

  • डोटी अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला

    डोटी,माघ १४ ।

    डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् ।

    दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए । 

    उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।

    मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरुको चिरफारको काम गर्दै आएका थिए ।

    आफन्तहरु अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology