Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीका १२ स्कूलले पाए ब्रिटिस काउन्सिलले दिने अन्तराष्ट्रिय विद्यालय अवार्ड

रुपन्देहीका १२ स्कूलले पाए ब्रिटिस काउन्सिलले दिने अन्तराष्ट्रिय विद्यालय अवार्ड

  • 5.3K
    SHARES

  • रुपन्देहीका १२ स्कूलले पाए ब्रिटिस काउन्सिलले दिने अन्तराष्ट्रिय विद्यालय अवार्ड

    बुटवल,माघ १२ ।

    ब्रिटिस काउन्सिलले  हरेक बर्ष प्रदान गर्ने अन्तराष्ट्रिय विद्यालय अवार्ड रुपन्देहीका १२ वटा बिद्यालयले प्राप्त गरेका छन ।

    अवार्ड पाउनेमा बुटवल उपमहानगरपालिकाका भित्रका ५ वटा स्कुल छन् । इन्टलेक्चुअल  एकाडेमी, अक्सफोर्ड माबि,कालिका मानवज्ञान माबि,नवीन  , मणिमुकुन्द तथा भैरहवाको सनसाईन्,कंञ्चनको बुद्ध दीप, सैनामैनाको प्रभात, तिलोत्तमाका एपेक्स, न्यू इनभारमेनट , सिद्दार्थ , र किड्स हेवान स्कूल रहेका छन्।

    १२ मध्ये २ वटा मात्रै सामुदायीक छन् भने १० वटा निजी विद्यालय रहेका छन्। कोभिड महामारीका कारण हरेक वर्ष वितरण गरिने यो अवार्ड  सन् २०२० र २०२१का  दुईवर्षको  एकैपटक सार्बजनिक गरिएको हो ।

    विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप व्यवहारीक र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धि बनाउँदै लगिने उद्धश्यले विश्वभरका ३१ देशका विद्यालयमा यो अवार्ड प्रदान गर्दै आएको छ।

    नेपालमा सन् २०२० मा ५३ र २०२१  मा ५४ गरी १०७ वटा स्कूलले एकै पटक यो अवार्ड प्राप्त गरेका छन्।यो अवार्ड शिक्षण सिकाई क्रियाकलापको मापनका आधारमा मूल्यांकन गरी ब्रिटिश काउन्सिलले  छनोट गर्दछ ।

    अवार्डका लागि नेपालबाट  प्रत्येकवर्ष सयौ स्कूलले आवेदन गरेका हुन्छन् । अवार्ड प्राप्त गरेपछि सो स्कूलले अन्तराष्ट्रिय क्षेत्रका  स्कूलहरुसंग एकअर्काका शिक्षण सिकाई क्रियाकलापहरु र विद्यार्थीका अनुभवहरु आदानप्रदान गर्ने र ब्रिटिस काउन्सिलको लोगो ३ वर्षसम्म प्रयोग गर्न पाउँछन् भने पुन लोगो प्रयोग गर्न फेरि छनौट हुनुपर्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology