Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिटामोल लगायतका औषधि उपलब्ध गराउन सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश

सिटामोल लगायतका औषधि उपलब्ध गराउन सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश

  • 2.2K
    SHARES

  • सिटामोल लगायतका औषधि उपलब्ध गराउन सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश

    बुटवल,माघ ११। 

    सर्वोच्च अदालतले सिटामोल लगायतका अत्यावश्यक औषधि सहज उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

    अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकलाई सिटामोल लगायतका अत्यावश्यक औषधि उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश दिएका हुन्।

    आदेशमा भनिएको छ,”कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र प्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु।”

    देशभर सिटामोल अभाव भएको भन्दै रिट दायर गरिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology