बुटवल,माघ १०।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले तिनाउ नदी कटान क्षेत्रको स्थलगत अवलोकन गरेर प्रभावित स्थानीयको समस्याका बारेमा छलफल गरेका छन् ।
नेता खाँणले सो क्षेत्रका नदी कटानबाट प्रभावित व्यक्तिहरुलाई भेटघाट गरेर समस्याको बारेमा जानकारी लिएका हुन् । खाँणले तिनाउ कटान प्रभावितहरुलाई सम्बोधन गर्दै वर्षा अगाडि नै समस्या समाधान गर्ने गरि पहल गरिरहेको जानकारी गराए ।
उनले भने-‘तिनाउ नदिले कटान गरेर प्रभावित भएका व्यक्तिको समस्या समाधान गर्नेगरी हामीहरुले प्रयास गरिरहेका छौं, वर्षा अगाडि नै तटबन्धनको काम गर्न सकियो भने प्रभावितलाई राहत पनि हुने र थप क्षती नहोस भन्ने हाम्रो चाहाना छ ।’
सो अवसरमा रुपन्देही सभापति खाँण सहित युवा नेता नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जनताको तटबन्ध कार्यालय बुटवलका निर्देशक ईश्वरी तिवारी, स्थानीय भिमप्रसाद सापकोटा सहितको टोली पुगेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)