Logo बिहिवार, आश्विन १ गते २०८३
images

१३ जना प्रहरी सम्पर्कविहीन,स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह

१३ जना प्रहरी सम्पर्कविहीन,स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह

  • 2.7K
    SHARES

  • १३ जना प्रहरी सम्पर्कविहीन,स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह

    काठमाडौं,माघ १०।

    नेपाल प्रहरीका १३ जना प्रहरी सम्पर्कबिहिन भएका छन्  । प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हाे ।

    प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।

    सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।

    यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी, दिल दीक्षित राज केसी पनि सम्पर्कमा छैनन् ।

    आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

    हेर्नुहोस् सूचना :

    Nepal-Police-Notice.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology