Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि,४ जनाको मृत्यु

थप ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि,४ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • थप ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि,४ जनाको मृत्यु

    बुटवल, माघ ९ ।

    पछिल्लो २४ घन्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। परीक्षण दर घटेका कारण संक्रमणको संख्यामा पनि कम देखिएको हो।

    कूल १७ हजार ४ सय ३७ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएको हो। पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो भने ८ सय ६४ जनामा एन्टीजेन परीक्षणबाट। यससँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।

    हिजो शनिवार २० हजार १ सय ८७ जनामा परीक्षण हुँदा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी शुक्रवार २३ हजार ९२ जनामा परीक्षण गर्दा १० हजार ७ सय ३ जनामा पोजेटिभ देखिएको थियो। त्यसैगरी बिहीवार २७ हजार ४ सय ९७ जनाको परीक्षण गरिएको थियो। त्यसदिन १२ हजार ३ सय ३८ जनामा संक्रमण देखिएको थियो जुन अहिलेसम्मकै उच्च रेकर्ड हो।

    पछिल्लो २४ घन्टामा यस अवधिमा ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  साथै १ हजार ४ सय १६ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा ४९ हजार ४ सय ७३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology