Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार एलबी विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

पत्रकार एलबी विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

  • 3.2K
    SHARES

  • पत्रकार एलबी विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

    बुटवल, माघ ९ ।

    प्रेस काउन्सिल नेपालले पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

    निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर विश्वकर्माको निधन भएको हाे ।  रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो ।lb bk.jpg

    सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

    श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    press bigyapti 9 magh 2078.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology