Logo बिहिवार, आश्विन १ गते २०८३
images

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति राजमोको आपत्ति

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति राजमोको आपत्ति

  • 2.6K
    SHARES

  • मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति राजमोको आपत्ति

    बुटवल, माघ ९ ।

    राष्ट्रिय जनमोर्चा (राजमो)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

    राजमोका अध्यक्ष चित्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ,’राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन ।

    सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन । हामीले मन्त्री यादवको त्यस प्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौँ ।’

    गत बिहीबार बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

    ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको हिंसात्मक घटनामा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology