Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

हल्ट प्राइजका लागि बुटवलका ६ वटा कलेजमा सहजीकरण

हल्ट प्राइजका लागि बुटवलका ६ वटा कलेजमा सहजीकरण

  • 1.7K
    SHARES

  • हल्ट प्राइजका लागि बुटवलका ६ वटा कलेजमा सहजीकरण

    बुटवल, माघ ७ ।

    विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’का लागि बुटवलका ६ वटा कलेजमा सहजीकरण गरिएको छ ।

    सन् २०२२ मार्चमा अन क्याम्पस हल्ट प्राइज पोखरा विश्वविद्यालय र  बुटवलद्वारा प्रतियोगिताआयोजना हुन गइरहेको हो।
    युवापुस्तालाई दीगो विकासका निम्ति नयाँ सोच, नीति र दृष्टि प्रस्तुत गर्न प्रोत्साहन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक समितिले जनाएको छ ।

    प्रतियोगिता सञ्चालनकै लागि बुटवलका र पोखरा विश्वविद्यालयका कलेजहरूमा आयोजक समितिले इन्फरमेशन सेसन सन्चालन गरेको मधु भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिइन् ।

    तिलाेत्तमा,एक्सिस,बृहस्पति,लुम्बिनी इन्जिनियरिङ कलेज लेक,सिद्धार्थ इन्टरनेशनल तथा बुटवल माेडल कलेजमा इन्फरमेशन सेसन सन्चालन गरेको उनले बताइन् ।

    प्रतियोगितामा नाम दर्ता गर्ने क्रम रहेको र उनीहरूलाइ तालिम र वेबिनारद्वारा प्रशिक्षण गरिदै छ। सन्२०२२,जनवरी १४ मा पहिलो तालिम डिजाइन थिङ्किङ्ग शीर्षकमा गण्डकी बिश्वबिद्यालयका प्रमुख रवि भण्डारी प्रशिक्षण दिए । hult.jpg

    प्रतियोगिताको मिडिया पार्टनरमा नागरिक अनलाइन,इजुकेशन पार्टनरमा इमिनेन्ट इजुकेशन,रिसाेर्स पार्टनरमा गृह डपलपर ,कम्युनिटि पार्टनरमा नेक्स्ट जेन रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology