Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा ५० कन्याको बेल विवाह,२० जना बालकको ब्रतबन्ध

बुटवलमा ५० कन्याको बेल विवाह,२० जना बालकको ब्रतबन्ध

  • 1.9K
    SHARES

  • बुटवलमा ५० कन्याको बेल विवाह,२० जना बालकको ब्रतबन्ध

    बुटवल,माघ ७ । 

    नेवारी कन्याहरुको सामुहिक बेल विवाह (ईही यज्ञ) बुटवलमा शुरु भएको छ । कोभिड संक्रमण बढेसंगै पुर्वनिर्धारित कार्यक्रमलाई स्वास्थ्य सावधानीका साथ गरिएको हो ।

    माघ ७ र ८ गते देबीनगर स्थित भुपुसैनिक सभा हलमा शुक्रबार सुरक्षा सावधानी अप्नाएर कार्यक्रम गरिएको श्री नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए । यसैगरि काठमाडौंका नेवारी पण्डित हरिशरण राजोपाध्यायबाट नेवारी संस्कृति अनुसार विधिपुर्वक पुजा गरिने उनले बताए ।

    ईही यज्ञसंगै नेवारी कुमारहरुको सामुहिक क्येटा पुजा( ब्रतबन्ध) समेत गरिने उनले बताए । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागीता रहेको उनले बताए । ‘यो वर्ष ५० जना कन्याको ईहि यज्ञ र २० जना बालकको ब्रतबन्ध हुने छ ।’–उनले बताए ।

    बिबाह उत्सवमै जस्तो नातेदार र आफन्तहरुलाई निम्ता गरेर भोज खुवाउने गरिएपनि कोरोना महामारीले बिकराल रुप दिँदै गएका कारण पुजालाई आवश्यक नाता बाहेकका अन्यलाई सहभागी नगराउने गरि व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । इही पुजामा कन्याका बुवा, आमा तथा फुपु र मामाको अनिवार्य उपस्थिती हुनुपर्ने हुन्छ ।

    नेवारी भाषा र संस्कृति जगेर्ना गर्ने रुपमा आफुहरु लागेको संयोजक सीता ध्वजुले  नागरिक अनलाइनलाइ बताइन् । महिला समितिका उपाध्यक्ष सरस्वती श्रेष्ठ, सल्लाहकार मन्जु श्रेष्ठले नेवार समुदायमा कन्याको पहिलो बिबाहका रुपमा इही (बेलबिबाह)मा बैबाहिक रितीलाई पूर्णता दिइने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology