Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौं उपत्यकामा भाेलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने

काठमाडौं उपत्यकामा भाेलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने

  • 2.1K
    SHARES

  • काठमाडौं उपत्यकामा भाेलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने

    काठमाडौं,माघ ६ ।

    काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि शुक्रबारराति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।

    उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । 

    उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयहरुले आ–आफ्नो जिल्लामा छुट्टाछुट्टै आदेश जारी गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology