बुटवल, माघ ६ ।
गृहमन्त्री बालकृष्ण खाणले पूर्वाञ्चल विश्व विद्यालयले लिइरहेको बि।ए एल।एल।बी चौँथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा सम्वाद गर्नुभएको छ ।
बिए एलएलबीको पहिलो दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याएका मध्य प्राञ्जली कडेल र अञ्जली तिवारीलाई बिहीबार टेलिफोन गरेर गृहमन्त्री खाणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोध्नु भएको हो ।
विश्वविद्यालयले पुस २९ गतेबाट सुरु गरेको बि।ए एल।एल।बी चौँथो वर्षको परीक्षामध्य बुधबार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षर्थीहरूले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरूको टोली बिहीबार गृहमन्त्री खाणलाई भेट्न मन्त्रालय आएको थियो ।
काठमाडौँ स्कुल अफ ल भक्तपुर दधिकोटमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्रलगायतका विद्यार्थीहरू मन्त्री खाणलाई भेट्न मन्त्रालयमा आएका थिए ।
उनीहरूलाई मन्त्री खाणले पढ्नमा ‘ट्यालेन्ट’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर परीक्षको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगन भएमा केही तयारी गर्न पाइन्थ्यो भरेर स्थगनको माग राखेको भन्ने कुरा आएकोले यथार्थ के हो भनेर सोध्नु भएको थियो ।
त्यसपछि विद्यार्थीहरूले बिए एलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए । उनीहरूको त्यो जवाफपछि मन्त्री खाणले पहिलो हुने विद्याथी कडेल र तिवारीको मोवाइल नम्बर मागेर टेलिफोन गर्नुभएको हो ।
मन्त्री खाणसँग टेलिफोनमा कडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टर भएको क्याम्पसले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।
अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । गृहमन्त्री खाणलाई विद्यार्थीहरूले भेटेर स्वास्थ्यका मापदण्ड नअपनाइ विश्वविद्यालयले परीक्षा सञ्चालन गरिएको भन्दै स्थगन गर्न माग गरेका छन् ।
उनीहरूले गृहमन्त्री खाणसँग कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउदै कोठामा राखेर परीक्षा लिँदा सबैलाई संक्रमण हुने भन्दै कि त छुट्टाछुट्टै राखेर परीक्षा दिने वातावरण निर्माण गरिदिनु पर्ने नभए स्थगन गरिदिन माग गरेका छन् ।
गृहमन्त्रीलाई भेट्न आएका शर्माले बुधबार चौँथो वर्षका परीक्षा दिने १५० जनामध्य २७ जनाले मात्र परीक्षा दिएका बताए । परीक्षा दिनेमध्य ९ जनालाई कोभिड–१९ संक्रमण भएको पनि गृहमन्त्री खाणलाई भट्न आएका शर्माले जानकारी दिए ।
आफूहरूले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गराउन माग गर्दै बुधबार शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री खाणले आफूले सबै विद्यार्थीले स्थास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने बताउनु भएको थियो । ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौँ । निर्णय भएपछि तपाईहरूलाई जानकारी आउँछ,’ गृहमन्त्री खाणले भन्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)