Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

  • 1.7K
    SHARES

  • पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

    ​​​​​​​काठमाडौँ,माघ ६ । 

    सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।  

    एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै  सरकारविरुद्ध नाराबाजी सहित प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

    प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । मुल्य वृद्घिको चौतर्फी  विरोध सुरु भइरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology