बुटवल,असोज २४-
दीर्घकालिन बचत तथा क्रृण सहकारी संस्था लिमिटेड बुटवल २ को १० औं बार्षिक साधारणसभा तथा तेस्रो अबिधेशन सम्पन्न भएको छ । उक्त अबिधेशनको राष्ट्रिय सहकारीका केन्द्रीय सदस्य भिम तुलाचनले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले उत्पादन मुलक क्षेत्रमा सहकारीले लगानी गर्नुपर्ने बताए । सहकारीको माध्यमबाट धेरै मानिसहरु स्वरोजगार भएको भन्दै ऋण लगानी गर्दा जोखिम कम हुने र मानिसहरु स्वरोजगार बन्ने खालका योजनामा लगानी गर्नुपर्ने उनको भनाई थियो ।
साधारण सभामा सहकारीका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ, सल्लाहकार एवं निर्वाचन संयोजक खेम प्रसाद गौतम, लेखा समिति संयोजक हेम बहादुर थापा, सेयर सदस्य टिकाराम शर्मा, आमन्त्रित अतिथि रञ्जु भटट्राईले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष हिक बहादुर दर्लामीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले बचत गर्ने र ऋण प्रभाव मात्र नगरी सामाजिक उत्तरदायित्व अनुसार समाजमा रचनात्मक काम गरेको बताए ।
कोषाध्यक्ष हिरा बहादुर थापाले साधारण सभामा १ करोड १० लाख चुक्ता पुजी सेयर पुजी रहेको विवरण पेश गरेका थिए । सहकारीमा ४ सय ८ जना महिला र २ सय ६० जना पुरुष गरी कुल ६ सय ६८ जना सदस्य रहेका छन् । सहकारीले आजै नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)