बुटवल,माघ ५ ।
बुटवलको देबीनगर-प्रगतिनगर सेक्टर इ मा माटोको ढिस्कोले पुरिँएर २ जनाको ज्यान गएको छ ।
जाडोमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उनीहरुलाइ माटोले पुरेको स्थानीय सुनिल शाहीले नागरिक अनलाइनलाइ बताए ।
मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परि घाइतेहुनेमा केशव पुरी, अशोक गाहा र अन्य १ जना रहेको प्रहरीले जनाएको छ ।
ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)