बुटवल,माघ ५ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै शान्ती सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्तारनविकरण, पेन्सन सिफारीसरप्रमाणित, नाबालक परिचय पत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभए सम्मको लागी स्थगन गरेको जनाएको हाे ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य गरेको छ ।अर्को सूचना नभए सम्मको लागि सेवा बन्द गरिएको हाे ।
कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आईसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भिडभाडभै कोभिड थप फैलिन सक्ने बताउदै प्रजिअले कार्यालय बन्द गरेको जनाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)