बुटवल,माघ ३ ।
रुपन्देहीको सियारी गाउँपालिका वाड न ७ अमवास्थित रामजानकी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।
युवा अभियन्ताहरूको आह्वानमा सहयोग संकलन गरेर विभिन्न व्यक्तिहरूको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो । बिद्यालयमा अध्ययन गर्ने ८७ जना विद्यार्थीलाइ कपडा बितरण गरिएको हाे।
जाडोका कारण यहाँका विद्यार्थी प्रभावित छन्, उनीहरुको पठनपाठनमा धेरै समस्या छ, थप राहत हाेस् भनेर न्यानो कपडा वितरण गरेको गाेर्खाली युवा शशक्तिकरण संस्था बुटवलका अध्यक्ष भरत पुरीले नागरिक अनलाइनलाई बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)