Logo बिहिवार, आश्विन १ गते २०८३
images

उजिरसिँह रनिङ्ग क्रिकेट : महाबिर सेमिफाईनलमा

उजिरसिँह रनिङ्ग क्रिकेट : महाबिर सेमिफाईनलमा

  • 1.8K
    SHARES

  • उजिरसिँह रनिङ्ग  क्रिकेट :  महाबिर सेमिफाईनलमा

    बुटवल,माघ ३ ।

    उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत सोमबार भएको क्वाटरफाईनल खेलमा न्यु होराईजन क्रिकेट क्लबलाई पराजित गर्दै महाबिर क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

    बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगितामा महाबिरले न्यु होराईजनलाई ९६ रनले पराजित गरेको हो ।
    टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको महाबिरका ब्याट्सम्यान ३६ ओभरमा सबै बिकेट गुमाएर १ सय ६५ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि दिलसाद अलीले नटआउट ९७ रन र दिलिप पौडेलले १४ रन जोडेका थिए । न्यु होराईजनका सुरज खड्का र पुरुषोत्तम सिग्देलले समान ३–३ विकेट लिएका थिए ।

    मध्यम लक्ष्य पछ्याएको न्यु होराईजनका ब्याट्सम्यान २४.१ ओभरमा ६८ रनमा समेटियो । उसका लागि अमर मिश्राले २० तथा सुरज खड्काले २३ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । न्यु होराईजनलाई कम स्कोरमा रोक्न महाबिरका रमेश कुर्मीले ६ तथा सन्तोष यादवले २ बिकेट लिएका थिए । न्यु होराईजनका दिलशाद अलि खेलमा म्यान अफ दि म्याचबाट पुरस्कृत भए । 
    मंगलबार पहिलो सेमीफाईनल खेलमा बाउन्न कला क्रिकेट एकेडेमीले बुटवल ११ क्रिकेट क्लबसंग सामना गर्नेछ । यसैगरि बुधबार दोस्रो सेमीफाईनल खेलमा महाबिर क्रिकेट क्लबले बेष्ट्रन क्रिकेट एकेडेमीको सामना गर्ने समितिका सचिव पुनित पोखरेलले बताए ।

    प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएका छन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology