बुटवल,माघ ३ ।
मारवाडी महिला मञ्च बुटवलले आम्दा अस्पतालमा उपचाररत बिरामीलाई ७५ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार अस्पताल परिषारमा एक समारोहका बिच उपचाररत ३० जना विरामीहरुलाई ब्लाङ्केट,फलफूल,गेडागुडी, चाउचाउ बिस्कुट, मास्क लगायतका सामाग्रीहरु बितरण गरिएको मारवाडी महिला मञ्च बुटवलकी अध्यक्ष सोना मालपानीले जानकारी दिनुभयो ।
सो अबसरमा बोल्दै मालपानीले आफुहरुले समाजसेवा अन्तर्गत अस्पतालका बिरामीहरुलाइ सामग्री हस्तान्तरण गरेको बताउनुभयो । सो कार्यक्रमको संयोजक सरस्वती बस्यालले गर्नुभएको थियो । सामग्री पाएपछि बिरामीहरु निकै खुसी भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)