Logo बिहिवार, आश्विन १ गते २०८३
images

कलंकीमा दुर्घटना : एक जनाको मृत्यु,एक घाइते

कलंकीमा दुर्घटना : एक जनाको मृत्यु,एक घाइते

  • 2.3K
    SHARES

  • कलंकीमा दुर्घटना : एक जनाको मृत्यु,एक घाइते

    काठमाडौं,माघ २  ।

    काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् ।

    मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२-०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ ।

    बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology