गुल्मी ,माघ २ ।
गुल्मी गौँडाकोटमा गएको तीन दिन लगातार सवारी दुर्घटना भएका छन।
जिल्लाको गुल्मीदरबार गाउँपालिका -३ गौँडाकोटको देउराली जङ्गलमा गएको तीन दिनमा मिनि ट्रक , कार र टिप्पर दुर्घटना भएका छन ।
ग १ च ७५४७ नम्बरको मिनि ट्रक शुक्रबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी किशाेर लम्सालले जानकारी दिए ।
यस्तै ग १ ज ५२८० नम्बरको कार पनि सोही स्थानमा हिजो दुर्घटना भएको डिएसपी लम्सालले बताए। आज बिहान पनि सोहि स्थानमा लु।२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा भएको छ । गाडिहरु सडकबाट करिब ५ मिटर तल सडक चिप्लो भएर दुर्घटना भएको बताइएको छ ।
तिन दिनमा तिनवटै सवारी साधन दुर्घटना बाट मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)