Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलमा मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको निधन 

बुटवलमा मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको निधन 

  • 29.2K
    SHARES

  • बुटवलमा मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको निधन 

    बुटवल,माघ २ ।

    मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    गुल्मी  छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम गर्दथे  । उनी  फोटोग्राफर समेत हुन्  । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन्  ।

    उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो । उनी केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दथे  उनका १  श्रीमती र  १ सन्तान छन् ।

    उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले नागरिक अनलाइनलाइ जानकारी दिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology