Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

माघीका अवसरमा न्यु सिटी युवा क्लवद्वारा १५औँ महोत्सब तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

माघीका अवसरमा न्यु सिटी युवा क्लवद्वारा १५औँ महोत्सब तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

  • 2.5K
    SHARES

  • माघीका अवसरमा न्यु सिटी युवा क्लवद्वारा १५औँ महोत्सब तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

    बुटवल,माघ १ ।

    रुपन्देहीको तिलोत्तमा-१३,करौजियामा रहेको न्यु सिटी युवा क्लवले १५औँ महोत्सब तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।

    २६४६ औँ थारू लवाबर्ष माघीमा १५औँ महोत्सब तथा साँस्कृतिक कार्यक्रम गरेको हो । क्लवका संस्थापक अध्यक्ष सन्तराम  चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । सो अबसरमा बोल्दै सभापति खाँणले थारू समुदायको हरेक क्षेत्रमा योगदान गरेको बताए  ।

    उनले धर्तीपुत्रका रूपमा थारूहरूको पहिचान रहेको समेत उल्लेख गरे । कार्यक्रममा ५ दर्जन कलाकारले बिभिन्न प्रस्तुतीहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा नोपली कांग्रेस तिलोत्तमा नगरउपसभापति कल्याण पौडेल,नेबिसंङ केन्द्रिय उपसभापति मुक्ति पौडेल , नेतृ रिता केसी लगायतको सहभागिता रहेको थियो । 

    सो कार्यक्रमको संचालन संचारकर्मी खेमराज रेग्मीले गरेका थिए ।maghi.jpg

    सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।आज थारु समुदायले नयाँ वर्ष मनाएका हुन् ।आज स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाए ।tharu new city club.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology