Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ४ ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

थप ४ ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  • 1.3K
    SHARES

  • थप ४ ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    बुटवल,माघ १ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ५६ जनाको परीक्षण गरिएकोमा ४ हजार ६ सय ३६ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गएको २४ घण्टामा ३ सय ५० जना निको भएका छन् । थप ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ । नेपालमा २१ हजार ५ सय ८४ जना कोरोना भइरसका सक्रिय सङक्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    यो सहित नेपालमा अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउनेको सख्या २ करोड ७९ लाख ११ हजार १ सय ८८ जना पुगेको छ ।  जसमध्ये १ करोड ५८ लाख १४ हजार ३ सय ८३ जनाले कोरोनाको पहिलो मात्रा र १ करोड २० लाख ९६ हजार ८ सय ५ जनाले दुवै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology