Logo बिहिवार, आश्विन १ गते २०८३
images

धनराजको प्रश्न : ‘सानालाई मुद्दा चलाउने, ठूलालाई चलाउन थरथर काप्ने ?

धनराजको प्रश्न : ‘सानालाई मुद्दा चलाउने, ठूलालाई चलाउन थरथर काप्ने ?

  • 3.5K
    SHARES

  • धनराजको प्रश्न : ‘सानालाई मुद्दा चलाउने, ठूलालाई चलाउन थरथर काप्ने ?

    बुटवल,पुस ३० ।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ठूला ठूला भ्रष्टाचार काण्डको छानबीन नभएको बताएका छन् । उनले ठूला नेतारकर्मचारी पर्छन भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको बताए ।

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कांग्रेसका नवनिर्वाचित उपसभापति गुरुङको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भष्टाचारको छानबीन सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएको बताए । नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस ७० करोड, वाइड बडी, ओमनी, यति, ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डको छानबीन हुन नसकेको बताए ।

    उनले भने, ‘सानालाई मुद्दा चलाउने, ठूलालाई मुद्दा चलाउन थरथर काप्ने रु भ्रष्टाचारको विषयमा पटकपटक केन्द्रीय समितिमा कुरा उठाउँदै आएको छु  ।’

    संसारमा ठूला नेता पनि जेल गएको इतिहास भएको भन्दै उनले नेपालको सन्दर्भमा छानबीन नहुनु दुःखद भएको बताए । आफूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर पनि भ्रष्टाचार काण्डको छानबीन गर्न भनेको र प्रधानमन्त्री देउवाले छानबीन हुने कुरा आफूलाई बताएको उनको भनाइ थियो ।

    भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै आएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीमा भारतले सडक निर्माण गरिरहेको भन्ने अभिव्यक्ति दिएकोबारे तुरुन्तै कुटनीनितिक नोट पठाउनुपर्ने बताए । उनले भने, ‘कुटनीतिक नोट मात्र पठाएर हुँदैन, प्रधानमन्त्रीले नै अग्रसरता लिएर कुटनीतिक वार्ता अगाडी बढाउनुपर्छ, सधैका लागि समाधान खोज्नुपर्छ, हाम्रो भूमि हामीले उपयोग गर्न पाउनुपर्छ ।’

    राष्ट्रियताका सन्दर्भमा पार्टी भन्दा माथि उठ्नुपर्ने उनले बताए । राष्ट्रियताको सन्दर्भमा कुनै पनि नेताले व्यक्तिगत विचार राख्न नहुने उनले बताए । राष्ट्रियता खतरामा पर्दा नबोल्ने हो भने के का लागि राजनीतिक गरेका छौं भन्दै उनले प्रश्न गरे । ‘देश र जनता तथा राष्ट्रिय स्वाधिनताको सन्दर्भमा बोल्न सकेनौं भने राजनीति छोड्नुपर्छ, ’उनले भने ।

    एमसीसी राष्ट्रिय एजेण्डा भइसकेका र यो विषय भू–राजनीतिसंग पनि सम्बन्धित भएकाले सर्वदलीय संयन्त्र बनाएर समाधान खोज्नुपर्ने उनले बताए । ‘मुलुकको साझा एजेण्डाको विषयमा सत्ता पक्ष र प्रतिपक्षको आँखाले हेर्नुहुँदैन, कि एमसीसी संसोधनसहित पास गर्नुपर्छ, नत्र फिर्ता पठाउनुपर्छ, ’उनले भने । 

    त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले अविलम्ब संसद सुचारु गराउनुपर्ने बताए । उनले जनता एमसीसीको विरोधमा भएकाले सर्वदलीय सहमति नगरेसम्म एमसीसी पास गरिए पार्टीले चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

    नेता रज्जाकले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान बनेको छ, त्यसैले संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो हो ।’
    अहिले पनि लोकतन्त्र नमान्ने पार्टीसंग मिलेर गठबन्धन सरकार चलाइरहेको उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय व्यवस्थालाई असफल बनाउन लागिपरेको आरोप लगाए । पार्टीका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई सबैले मिलेर सहयोग गर्नुपर्ने रज्जाकले बताए । ‘अहिले हामी गुटरउपगुटको कुरा गर्यौं भने कुनै चुनाव जित्न सक्दैनौं, ’उनले भने ।

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कांग्रेसलाई अझ गतिशिल र शक्तिशाली बनाउन आवश्यक रहेको बताए ।
    कार्यक्रममा संविधान सभा सदस्य जन्नतुन निसा, लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनी, महाधिवेशन प्रतिनिधि बुद्धिराम हरिजन, कांग्रेस रुपन्देही जिल्ला सदस्य रामेश्वरी सिंह, क्षेत्र नम्बर ३ ९क० का सभापति सुरेन्द्र जंग थापा, सिद्धार्थनगर–१२ का बुथ सभापति हरिराज विष्ट लगायतले बोल्दै कांग्रेस एकताबद्ध रुपमा अगाडी बढ्नुपर्ने बताए ।

    कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्रीय सचिव भवानी प्रसाद शर्माको स्वागत तथा अर्का सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology