बुटवल,पुस ३० ।
भैरहवाको बुद्धचोकमा सवारी दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहान ११ बजेतिर बुद्धचोकमा लु१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४१ वर्षीया जीबराज वस्यालको मृत्यु भएको हो ।
बाटो क्रस गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बश्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताए ।
बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)