Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधव नेपाललाई जीपी कोईराला पत्रकारिता पुरस्कार

माधव नेपाललाई जीपी कोईराला पत्रकारिता पुरस्कार

  • 3.1K
    SHARES

  • माधव नेपाललाई जीपी कोईराला पत्रकारिता पुरस्कार

    बुटवल, पुस २९।

    नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जीपी कोईराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गर्ने भएको छ । युनियनले आफ्ना संस्थापक सचिव तथा बिबिसी नेपाली सेवाका संवाददाता नेपाललाई जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गर्ने भएको हो ।

    युनियनको बिहीबार बसेको नियमित बैठकले नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको सभापति रेखा भुषालले जानकारी दिनुभयो । तीनदशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएका नेपाललाई युनियनले २५ हजार नगद राशि सहित पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता पुरस्कार छनोट समितिले नेपालको नाम प्रस्ताव गरेको र बिहीबारको नियमित बैठकले उक्त प्रस्तावलाई पारित गरि पुरस्कृत गर्ने निर्णय गरेको भुषालले जानकारी दिनुभयो ।

    पुरस्कार छनोट समितिमा युनियनका सल्लाहकार खिमानन्द भट्टराई संयोजक तथा सल्लाहकार हरिषढकाल र सभापति रेखा भुषाल सदस्य हुनुहुन्थियो । युनियनले माघ महिनाभित्र कार्यक्रम गरेर नेपाललाई पुरस्कृत गर्ने भएको हो । पत्रकार नेपाल बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।

    यसैबीच उक्त पुरस्कार वितरणका लागि युनियनका उपसभापति दिपक घिमिरेको संयोजकत्वमा पुरस्कार वितरण कार्यक्रम उपसमिति बनाएको छ ।

    उक्त समितिले पुरस्कार वितरण कार्यक्रमको मिति र स्थानको टुङ्गो लगाउने युनियनले जनाएको छ । यस्तै सदस्यता नविकरण तथा विस्तारका लागि उपसभापति कविन्द्र नेपालको संयोजकत्वमा समिति बनाइएको र जिम्मेवारी समेत दिएको युनियनले बताइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology