बुटवल,पुस २८ ।
हाम्रो सगरमाथा आधारभुत बिद्यालय तिनपा ३ सीमानगर रूपन्देहीमा शैक्षिक सामाग्री बितरण गरिएको छ । लायन्स क्लव अफ बुटवल संसारले क्लवका संस्थापक मेल्बिन जोनको जन्मोत्सवका अवसरमा शैक्षिकसामाग्री बितरण गरेको हो ।
क्लवका अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पिडिजी एमजेएफ महेन्द्रनारायण श्रेष्ठले स्थापनाको दुइबर्षमै उत्कृष्ट काम गरेको भन्दै क्लवलाइ धन्यबाद दिए ।

उनले सामाजिक सेवा सहितको काममा सधै सक्रिय रहनुपर्ने धारणा राखे । चार्टर्ड प्रेसिडेन्ट प्रकाश भट्टराई,बिद्यालय ब्यबस्थापन समितिका अधयक्ष कृष्ण क्षेत्री,जनप्रतिनिधि लक्ष्मी घिमिरे,कार्यक्रम संयोजक राजन पाण्डे, क्लवका सचिव गाेबिन्द पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा एरिया ४ चिफ जीवन गाैतम लगायतको सहभागिता रहेको थियाे । सगरमाथा स्कुलमा अध्ययनरत १५० बिद्यार्थीका लागि १० हजार बराबरको सामाग्री बितरण गरिएको क्लवले जनाएको छ ।
क्लवले गतसाल सोहि बिद्यालयमा कक्षा४ संचालनका लागि डेस्क ,बेन्च समेत बितरण गरेको थियो । क्लवले हरेक बर्ष सगरमाथामा कुनै न कुनै कार्यक्रम गरिहने अध्यक्ष बिकास श्रेष्ठले प्रतिबद्धता जनाए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)