Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा ‘माघे सक्रान्ति विशेष कार्यक्रम’ हुने, नयाँ-नयाँ परिकार चखाइने

बुटवलमा ‘माघे सक्रान्ति विशेष कार्यक्रम’ हुने, नयाँ-नयाँ परिकार चखाइने

  • 2.4K
    SHARES

  • बुटवलमा ‘माघे सक्रान्ति विशेष कार्यक्रम’ हुने, नयाँ-नयाँ परिकार चखाइने

    बुटवल,पुस २८।

    बुटवलमा माघे सकराती विशेष कार्यक्रम २०७८ कार्यक्रम हुने भएको छ ।

    नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजनामा मगर परिकारको स्वाद पस्कदै आएको मगर्स किचनको सहकार्यमा मगर समुदायको मौलिक स्वादका विभिन्न परिकारहरु सहित माघे सकराती पर्वलाई विशेष बनाउने उद्देश्यका साथ ३ दिन मनाईने भएको हो ।

    मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिका अध्यक्ष चन्दा थापा मगरले कार्यक्रमको तयारी तिव्र रुपमा भैरहेको बताए । माघे सकरातीमा मगरहरुको खाने गरेका विभिन्न खानेकुरा तरुल, सखरखण्ड, सेलरोटी, बारा र वाक्श्या (बंगुरको मासु) लगायतका परिकार पस्कने उनले बताए । कार्यक्रम अवधिभर मगरहरूको विशेष नृत्य तथा भाका घाटु, सालैजा तथा कौराहा सम्पूर्ण आगन्तुक पाहुनाहरूबीच पस्कने उनले बताए ।

    नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर विरकट्टाले प्रकृतिप्रेमी जातीका रुपमा पहिचान बनाएको भन्दै ऋतु परिवर्तनसंग जोडिएको पर्व भएको बताए ।

    संघका सचिव राधिका श्रीषले लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री माननीय वीर बहादुर राना मगरबाट पौष २९ गते औपचारिक कार्यक्रम गरि शुभारम्भ गरिने बताईन ।नेपाल मगर महिला संघ मगर समुदायको सशक्तिकरण र पैरवीका साथै जातिगत सीप, कला, संस्कृति र परमपराको संरक्षण र प्रवद्र्धन गर्ने खालका विभिन्न रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको उनको दाबी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology