बुटवल,पुस २७ ।
बुटवलमा करियर ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको छ । ओरिन्टेसनमा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, आईटि अफिसर ईञ्जिनियर सुदिप ढकाल,जेसिआई नेपालका राष्ट्रिय प्रशिक्षक तथा राममणि बहुमुखी क्याम्पसका प्राध्यापक मुक्तिनाथ गैरे ,आवास रियल ईष्टेटका डाईरेक्टर तथा शेयर बिश्लेषक विपिन कंडेल लगायतले फरक-फरक बिषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा एक्सिस कलेजमा बिबिए बिएचएम र बिबिए-बिआईका करिब १२० विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा एक्सिस कलेज कलेजका प्राचार्य माधवकुमार पौडेल, सहप्राचार्य घनश्याम उपाध्याय , एक्सिस कलेज बिएचएम कोअर्डिनेटर अमित न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल युवा परिषद रूपन्देहीका अध्यक्ष कुशल डुम्रेको अध्यक्षता, सन्ध्या खनालको सञ्चालन र एक्सिस कलेज कि विद्यार्थी नमन सेढाईको स्वागतमा सो कार्यक्रम भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)