बुटवल,पुस २७।
लायन्स क्लब बुटवल स्टार्सले गैडहवा गाउँपालिकामा रहेको शिवनगर आधारभुत स्वाथ्य सेवा केन्द्रमा प्रयोगशाला उपकरण प्रदान गरेको छ ।
क्लवले प्रयोगशालाका लागि आवश्यक पर्ने ल्याव ईक्वपमेन्ट, केमिकल राख्नको लागि फ्रिज, परिक्षण गर्नको लागि केमिकल सहित २ लाख रुपैयाँ बराबरको र १ लाख बराबरको औषधि सहयोग गरिएको हो ।
साथै क्लवले निःशुल्क स्वाथ्य शिविर समेत गरेको छ । आँखा परिक्षण, सुगर परिक्षण सहितसेवा ग्राहीहरुको स्वाथ्य परिक्षण गरिएको थियो । शिविरमा सहित २ सय ५० जनाको स्वाथ्य परिक्षण गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष अन्जील मियाँखानका अनुसार क्लवले स्वाथ्य परिक्षण सहित निःशुल्क औषधी समेत वितरण गरिएको हो । स्वाथ्य शिविरमा फिजिसियन चिकित्सक डा. नियम खान, सहित विभिन्न प्राविधिक समुह र स्टार्फ नर्स सहित प्रयोगशालाका प्राविधिकहरुले सेवाग्राहीहरुको स्वाथ्य परिक्षण गरेका थिए ।
संस्थाका संस्थापक सदस्य मानवहादुर श्रेष्ठले आमा स्व.भिम कुमारी श्रेष्ठको स्मृतिमा उपकरण सहयोग गरेका हुन । कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवट, गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चिरन्जीवी घिमिरे लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपालका डिष्ट्रिक एजुकेटिभ चिफ अर्जुनमान शैजु, डिष्ट्रिक कोचिफ एड्भाईजर पुरुसोत्तम प्रधानांङ्ग, डिष्ट्रिक डिपुटि चिफ सन्दीप कसौधन, गैडहवा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष टेक बहादुर बलाल, एओजी आशिषकृष्ण श्रेष्ठ, रिजन चियर पर्सन एम एल पाण्डे, समाजसेवी विष्णु पोखरेल, स्व. भिमकुमारी श्रैष्ठका श्रीमान तिल कुमार श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा क्लवका संथापक सदस्य मानबहादुर श्रेष्ठको संयोजकत्वमा भएको हो । कार्यक्रमको सञ्चालन क्लवका सचिव राजन जिसीले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)