Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

  • 10.0K
    SHARES

  • देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

    बुटवल,पुस २५ ।

    सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । 

    ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्,‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

    बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

    बिश्वबिद्यालय वा कलेजका बार्षिक परिक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर संचालन हुनेछन् ।

    सीसीएमसीसीले गरेका निर्णयहरू यी हुन् :-
    ccmcc.jpg

    ccmcca.jpg

     

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology