Logo बिहिवार, आश्विन १ गते २०८३
images

ऊर्जामन्त्री भुसाल भन्छिन्– प्रतिगमनको खतरा टरिसकेको छैन

ऊर्जामन्त्री भुसाल भन्छिन्– प्रतिगमनको खतरा टरिसकेको छैन

  • 2.4K
    SHARES

  • ऊर्जामन्त्री भुसाल भन्छिन्– प्रतिगमनको खतरा टरिसकेको छैन

    काठमाडौं, पुस २४ ।

    ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा एमालेले प्रतिनिधि सभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐनरनियम बनाउन नसकिएको बताएकी छन्।

    ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई शनिबार सम्बोधन गर्दै उनले विघटित प्रतिनिधि सभा पुनःस्थापित भएपनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु रहेको बताइन्।

    जनताको सार्वभौम थलो प्रतिनिधि सभा हो। त्यहीँबाट जनताका लागि कानुनरनियम बन्ने हो। आज त्यो ठप्प छ। त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन। यसप्रति सबै सचेत हुनुपर्छु, मन्त्री भुसाालले भनिन्।

    उनले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि जानकारी दिइन्।  उनले खतरा टरिनसकेकाले प्रतिक्रान्तिको खतरा रहुञ्जेलसम्म गठबन्धन रहने र चुनावमात्रै होइन चुनाव पछि पनि निरन्तरता दिने सोचमा रहेको बताइन्।  

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology