Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्राधिकरणको सीईओमा घिमिरेको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्राधिकरणको सीईओमा घिमिरेको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • 3.0K
    SHARES

  • प्राधिकरणको सीईओमा घिमिरेको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    बुटवल,पुस २२ ।

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनन्त घिमिरेलाई गरिएको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले घिमिरेलाई सीईओ पदमा नियुक्त नगर्न लुम्बिनी प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    तत्कालीन सीईओ ध्रुव मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै प्रदेश सरकारले घिमिरेलाई नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सुनुवाइको मौका नदिएको र निर्णयको जानकारी पनि नगराएको भन्दै निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले भनेको छ ।

    शंकर पोखरेल नेतृत्वको सरकारले मजगैयाँलाई चार वर्षे कार्यकालका लागि २०७६ माघ १३ गते प्राधिकरणको सीईओ पदमा नियुक्त गरेको थियो । माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेलगत्तै गत असोज १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मजगैयाँको ठाउँमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेकोे थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology