Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

लायन्स क्लव अफ बुटवल लुमिनसद्वारा नेतृत्व तथा ब्यक्तित्व विकास

लायन्स क्लव अफ बुटवल लुमिनसद्वारा नेतृत्व तथा ब्यक्तित्व विकास

  • 2.3K
    SHARES

  • लायन्स क्लव अफ बुटवल लुमिनसद्वारा नेतृत्व तथा ब्यक्तित्व विकास

    बुटवल,पुस २१ । 

    लायन्स क्लव अफ बुटवल लुमिनसले एक दिने नेतृत्व तथा ब्यक्तित्व विकास सम्वन्धि कार्यक्रम गरेको छ । लुमिनसले आफ्ना सदस्य तथा क्लव बाहिरका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुका लागि दिएको तालिममा झण्डै चार दर्जनको सहभागिता रहेको थियो ।

    लायन्स तथा गैर लायन्सका पदाधिकारी तथा सदस्यहरुलाई संस्थामा आफ्नो काम कर्तब्य, जिम्मेवारी, अधिकार तथा बोल्ने शैली र नेतृत्वमा हुनु पर्ने गुणका विषयमा मुनिसीपल एशोसियशन नेपालका प्रमुख कार्यकारी कलानिधी देवकोटाले प्रशिषण दिनु भएको थियो ।

    लायन्स क्लव अफ बुटवल लुमिनसका अध्यक्ष सविता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनलका भाईस डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, कोभिफ एड्भाईजर पुरुषोत्तम प्रधानाङ्ग, जोन चियर प्रशन नेहा अग्रवाल, गाईडिङ्ग लायन डाक्टर शान्ता शर्मा लगायतले ब्यक्तित्व विकास विना नेतृत्व लिन नसकिने भन्दै सबैका लागि ब्यक्तित्व विकास आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको संचालन आविश्कार पराजुलीले गर्नु भएको थियो ।

    यसैबीच क्लवले सन् २०२०/२१ को क्लव एक्सिलेन्स एवार्ड पाएको छ । उक्त एवार्ड डिस्ट्रीक गभर्नर रामप्रसाद भट्टले अध्यक्ष सबिता भण्डारीलाई एवार्ड प्रदान गर्नु भएको हो । एवार्ड प्राप्त गर्न सहयोग र सहकार्य गर्ने सबैलाई क्लवले धन्यवाद दिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology