बुटवल,पुस २१ ।
लोकगायक पुस्कल शर्माको नयाँ गीत ‘तिम्रो थर मेरो थर’ ले बजार तताएकाे छ । याे गीत शुक्रबार मात्रै सार्वजनिक भएको थियाे ।गीतमा गायक पुस्कल र गायिका शान्ति श्री परियारको सुमधुर आवाज छ । गीत अहिले ट्रेन्डिङ ६ मा रहेकाे छ ।
केही दिनअघि पुस्कलले बुटवलमा जारी ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला’मा प्रस्तुति दिएर स्टेजमा आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ गाउँदै गर्दा आफ्नी श्रीमतीबारे पनि जानकारी दिएका थिए ।
साे गीतमार्फत् पुस्कलले श्रीमती सबी थापालाइ समेत सार्वजनिक गरेका छन् । गीतमा जोडीको अभिनय देख्न सकिन्छ । पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् । उक्त गीतलाई पुस्कल शर्माले आफ्नै युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरेका छन् ।
गीतको कथा र निर्देशन भने पाल्पाली गायक पुस्कल शर्माले नै गरेका हुन् भने अजय रेग्मीको छायांकन रहेको छ । दीपक बिष्टको सम्पादनमा गीतमा पुस्कल शर्मा र साबी थापा नयाँ जोडीको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)