Logo बिहिवार, आश्विन १ गते २०८३
images

देउवाले गुरुङ, पौडेल र शाहीलाइ गरे कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

देउवाले गुरुङ, पौडेल र शाहीलाइ गरे कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

  • 3.1K
    SHARES

  • देउवाले गुरुङ, पौडेल र शाहीलाइ गरे कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

    बुटवल,पुस १९ ।  

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।

    उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।

    सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । देउवाले शनिबार रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

    कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान छ । १४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology