Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा माओवादी केन्द्र : दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

नेकपा माओवादी केन्द्र : दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

  • 2.4K
    SHARES

  • नेकपा  माओवादी केन्द्र : दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

    बुटवल,पुस १८ । 

    नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ ।

    महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ ।

    संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३  बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।

    माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति  साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ । हिजो दिउँसो १ बजे सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव गर्नु भएको थियो ।

     प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि महाधिवेशन आयोजक समितिमा दिनभर छलफल चलेको थियो । आयोजक कमिटीले हिजो बेलुका साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आज दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology