बुटवल,पुस १७ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत् साे जानकारी दिएका हुन्। कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)