बुटवल,पुस १६ ।
सगरमाथा हेल्पिङ फाउन्डेशनले डोल्पाका १० विद्यालयमा अध्ययन गर्ने विपन्नवर्गका विद्याथीहरुलाई पुस न्यानो कपडा वितरण गरेको छ ।
६०० अती विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा,स्वीटर, टोपी मोजा वितरण गरिएको हो ।
सो कामका लागि बुटवलबाट ९ सदस्यीय टोली डोल्पा पुगेको थियो । डोल्पाका बाबिरो आधारभूत विद्यालय , कर्णाली आधारभूत विद्यालय , हिमालयन आधारभूत विद्यालय , महादेव आधारभूत विद्यालय , शुुभकामना आधारभूत विद्यालय लगायतका विद्यालयमा अध्ययन गर्ने बालबालिका लाई सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष किशन ज्ञवालीले जानकारी दिए ।
सो टोलीमा संस्था का संस्थापक अध्यक्ष किशन ज्ञवाली , जनक केसी , एन्जिला भुसाल , प्रकृति न्यौपाने , राजन भण्डारी ,श्रीधर कँडेल , समीर चन्द्र डागी र मनिष र विमलको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुले पैसेरु नाच देखाएका थिए भने सो संस्था कै सदस्य प्रकृति न्यौपानेले पनि आफ्नो प्रस्तुती राखेकी थिइन् ।सो अभियानलाई दुबइमा रहेका लक्ष्मण भट्टराइ लगायतले सहयोग गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)