Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस लुम्बिनी प्रदेश : सभापति पुनले दिए निकटतम प्रतिस्पर्धी शाहलाई दोस्रो वरीयता

कांग्रेस लुम्बिनी प्रदेश : सभापति पुनले दिए निकटतम प्रतिस्पर्धी शाहलाई दोस्रो वरीयता

  • 3.4K
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेश : सभापति पुनले दिए निकटतम प्रतिस्पर्धी शाहलाई दोस्रो वरीयता

    बुटवल,पुस १६ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा सभापतिमा उपबिजेता (पराजित ) बनेका भरतकुमार शाहलाई दोस्रो वरीयता दिइएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले निकटतम प्रतिस्पर्धी भरतकुमार शाहलाई दोस्रो वरीयता दिएका हुन् । 

    केन्द्रमा सभापतिमा हारेका डा. शेखर कोइरालाले दोस्रो वरीयताक्रम नपाए पनि लुम्बिनी प्रदेशमा भने उनी निकटका सभापतिले निकटतम प्रतिस्पर्धीलाई दोस्रो वरीयता नै दिएका हुन् ।

    लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको प्रमाणपत्र ग्रहण कार्यक्रममा नवनिर्वाचित सभापति पुनले शाहलाई दोस्रो वरीयतामा राखेको मात्र नभई निकटतम प्रतिस्पर्धीलाई साथै राखेर काम संचालन गर्नेसमेत निर्णय गरेको नागरिक अनलाइनलाइ जानकारी दिए । 

    ‘हामी आन्तरिक चुनावका बेलामा रस्साकस्सी भए पनि अब समग्र कांग्रेस नेता कार्यकर्ताहरु एकढिक्का भएर अगाडि बढ्छाैँ’-सभापति पुनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology