Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथमा धर्मसभा तथा जन्मोत्सव,पत्रकारिता पुरस्कार अनमोललाइ प्रदान

मुक्तिनाथमा धर्मसभा तथा जन्मोत्सव,पत्रकारिता पुरस्कार अनमोललाइ प्रदान

  • 3.2K
    SHARES

  • मुक्तिनाथमा धर्मसभा तथा जन्मोत्सव,पत्रकारिता पुरस्कार अनमोललाइ प्रदान

    बुटवल,पुस १५ ।

    बुटवल १२ नयांगांउमा रहेको स्वामिनारायण मुक्तिनाथधाममा एकता धर्मसभा तथा जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

    धामका प्रमुख संरक्षक तथा धामका परिकल्पनाकार स्वामि लोकानन्दको जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा हवनात्मक अनुष्ठान, आरती,रुद्राधिषेक ,महापूजा,गुरुपुजन,मुक्तिनाथ पत्रकारिता पुरस्कार प्रदान,धर्मसभा, भजनकृतन तथा  शुभकामना आदानप्रदान गरिएको थियो ।

    सो अवसरमा बोल्दै धामका प्रमुख संरक्षक तथा धामका परिकल्पनाकार स्वामि लोकानन्दले नेपाललाइ सनातन हिन्दु राज्य बनाउन र धर्म रक्षामा लाग्नुपर्ने बताउनुभयो ।lokananda swami.jpg

    सो अबसरमा यसबर्षको मुक्तिनाथ पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार अमृता अनमोललाइ प्रदान गरिएको छ भने शिक्षा सेवा पुरस्कार डा.नारायण पन्थलाइ प्रदान गरिएको थियो ।

    धाममा जन्मोत्सवका अवसरमा दिनभर नै पूजाआजा तथा शुभकामना आदानप्रदान भएको प्रचारप्रसार संयोजक गोपाल पाण्डेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology