Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकियो

माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकियो

  • 1.7K
    SHARES

  • माओवादी महाधिवेशन : अध्यक्ष  प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकियो

    बुटवल,पुस १५ ।

    नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    स्थायी कमिटीका एक नेताका अनुसार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुनेछ ।

    प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । त्यसपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए ।समूहगत छलफल सकिएपछि अब बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology