Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस लुम्बिनीमा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण

कांग्रेस लुम्बिनीमा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण

  • 2.5K
    SHARES

  • कांग्रेस लुम्बिनीमा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण

    बुटवल,पुस १५ ।

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

    कांग्रेस लुम्बिनी निर्वाचन समितिले बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरिएको हो ।

    लुम्बिनी प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा रोल्पाका अमर सिंह पुन मगर मगर निर्वाचित भएका थिए । त्यस्तै उपसभापतिमा भुवन श्रेष्ठ र राजु खनाल विजयी भएका थिए । त्यसै गरी महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य विजयी भएका थिए ।

    महिला सह–महामन्त्रीमा निमा गिरी तथा खुल्ला सह–महामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डे विजयी भएका थिए ।

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री संजय गौतम, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल वि.क., कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांण, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology