Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको एम्स कलेजमा रक्तदान,९१ युनिट रगत संकलन 

बुटवलको एम्स कलेजमा रक्तदान,९१ युनिट रगत संकलन 

  • 3.2K
    SHARES

  • बुटवलको एम्स कलेजमा रक्तदान,९१ युनिट रगत संकलन 

    बुटवल,१४ पुस । 

    एम्स कलेज बुटवलमा रक्तदान कार्यक्रम भएको छ । एम्स एजुकेसन फाउन्डेसन अन्तरगत एम्स कलेज, एम्स माबि, काउन्सिल अफ एम्स स्टुडेन्टस् क्यास ,भूपू विद्यार्थी समुहको संयुक्त आयोजनमा सञ्चालित कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षक कर्मचारीले रक्तदान गरेका थिए।

    कार्यक्रममा ९१ युनिट रगत संकलन भएको छ।  अङ्ग्रेजी नयाँ वर्ष २०२२ लक्षित वार्षिक कार्यक्रम अन्तरगत शीरमा नेपाली टोपी सहित रक्तदान भन्ने नारासहित कार्यक्रम गरिएको एम्स कलेजका प्रमुख बिकास श्रेष्ठले नागरिक अनलाइलाई जानकारी दिए । सो कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

    कार्यक्रममा फाउन्डेसनका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, रेडक्रस सोसाईटी रुपन्देही सभापति प्रेमलाल उदास, बुटवल वडा न ९ का जनप्रतिनिधि शिव बहादुर अधिकारी, एम्सका कलेज प्रमुख बिकाश श्रेष्ठ, एम्स माबि प्राचार्य गोबिन्द शर्मा बस्याल, प्लस टु कोर्डिनेटर बिनोद शाक्य,कार्यक्रम संयोजक शिक्षक सुरज शाक्य,क्यास अध्यक्ष राम प्रकाश पाण्डे, भूपू बिद्यार्थी समूह अध्यय उमानाथ अधिकारी उमेश, बिद्यार्थी दिपेश भुसाल, लक्षिता खनाल लगायतले बोल्दै रक्तदानको बारेमा बताउदै रक्तदान नियमित गर्नुपर्नेमा जोड दिएका थिए।

    क्याम्पस परिसरमा आयोजना भएको कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो। एम्सले हरेक बर्ष यस प्रकारको कार्यक्रम गर्दै आईरहेको प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने जानकारी दिए ।  कार्यक्रमको मिडिया पार्टनर नागरिक अनलाइन डटकम रहेको थियो ।amis.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology