Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रेस क्लवले मनायो स्थापना दिवस,दोस्रो न्युज फेष्टिवल बर्दियामा गर्ने

लुम्बिनी प्रेस क्लवले मनायो स्थापना दिवस,दोस्रो न्युज फेष्टिवल बर्दियामा गर्ने

  • 2.2K
    SHARES

  • लुम्बिनी प्रेस क्लवले मनायो स्थापना दिवस,दोस्रो न्युज फेष्टिवल बर्दियामा गर्ने

    भैरहवा,पुस १४ । 

    लुम्बिनी प्रेस क्लवले आफ्नो स्थापना दिवस आज भैरहवामा मनाएको छ । भैरहवा, लुम्बिनी, धकधई र मर्चवार क्षेत्रका क्रियाशिल पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो छैठौं स्थापना दिवस मनाएको हो । क्लब स्थापना भएदेखि संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न सक्रिय भूमिका निभाएको छ ।

    संस्थाले पत्रकारीता तालिम, अध्ययन अनुसन्धानका लागि विदेश तथा स्वदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराउँदै आएको छ ।

    क्लबले समाजमा सचेतना फैलाउन र परम्परालाई जोगाइ राख्न विभिन्न ठाउँमा कार्यक्रम पनि गर्दै आएको छ । पत्रकारको हकहितलाई संरक्षण गर्दै संस्थाले मानवीय दायित्व निर्वाह गर्दै गरिब, दुःखी र पीडितहरुको लागि भैरहवाको युनिर्भसल मेडिकल कलेज शिक्षण अस्पताल, भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल सँग सहकार्य गर्दै बिरामीको उपचार पनि गर्ने गरेको छ ।
    क्लब स्थापना भएको छोटो अबधीमा पहिलो पटक न्युज फेष्टिवल गरेको थियो । नेपाल तथा भारतका वरिष्ठ पत्रकारहरुलाई उपस्थित गराएर दक्षिण एशियामै हुन नसकेको कार्यक्रम क्लबले बुद्धजन्मस्थल लुम्बिनीमा गरेको थियो । क्लबले दोस्रो न्युज फेष्टिवल आगामी फागुनमा बर्दियामा गर्ने तयारी गरेको छ । क्लबको सुविधा सम्पन्न चार तले भवन निर्माणको काम पनि अन्तिम चरणमा पु¥याएको छ । 

    स्थापना दिवसका अबसरमा क्लबले गरेको चियापान तथा भेटघाट कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि प्रसाद अधिकारी, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, पुर्ब नगर प्रमुख सागर प्रताप राणा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मकुमार न्यौपाने लगायत निजी क्षेत्रका उद्योग व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, विभिन्न राजनीति दलका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता र कार्यक्रम संयोजक शशी पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology