Logo बिहिवार, आश्विन १ गते २०८३
images

चिसो बढेपछि बुटवलका विद्यालयमा पुस १५ र १६ गते बिदा दिने उपमहानगरको निर्णय

चिसो बढेपछि बुटवलका विद्यालयमा पुस १५ र १६ गते बिदा दिने उपमहानगरको निर्णय

  • 3.2K
    SHARES

  • चिसो बढेपछि बुटवलका विद्यालयमा पुस १५ र १६ गते बिदा दिने उपमहानगरको निर्णय

    बुटवल,पुस १४ ।

    तराईका जिल्लामा अत्याधिक चिसो भएपछि स्थानीय सरकारले विद्यालयमा बिदा दिन शुरु गरेका छन् । बुटवलका सबै बिद्यालयमा पुस १५ र १६ गते जाडो बिदा दिने बटवल उपमहानगरपालिकाले निर्णय गरेको छ ।

    अत्याधिक चिसोका कारण बुटवलका विद्यालयमा २ दिन बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
    यो बिदालाइ बर्षे वा हिउंदे बिदाबाट मिलान गर्नेगरि बिदा दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

    बुटवलमा सामुदायिक ३८ र संस्थागत-निजी ५८ विद्यालय छन् । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।  रूपन्देही क्षेत्रमा न्युनतम तापक्रम १५ डिग्री सेल्सियसमा झरेको छ ।

    बुटवल उपमहानगरपालिद्वारा जारी सुचना हेराैँ:-

    bida.jpg

    भोलि तमु ल्होसार,सार्वजनिक विदा दिने सरकारको निर्णय (बिज्ञप्तिसहित)

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology