Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तानसेन गुठी बुटवलको अध्यक्षमा अर्जुनमान सैंजु चयन

तानसेन गुठी बुटवलको अध्यक्षमा अर्जुनमान सैंजु चयन

  • 2.6K
    SHARES

  • तानसेन गुठी बुटवलको अध्यक्षमा अर्जुनमान सैंजु चयन

    बुटवल,पुस १३ ।

    तानसेन गुठी बुटवलको अध्यक्षमा अर्जुनमान सैंजुलाई चयन भएका छन् । सोमबार बुटवलमा सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनबाट सैंजुलाई सर्वसम्मत रुपमा बुटवल शाखाको अध्यक्षमा चयन गरिएको हो ।

    नेवार समसदायको साे गुठी समितिको उपाध्यक्षमा केदार श्रेष्ठ, सचिवमा सुरेन्द्रमुनी शाक्य, कोषाध्यक्षमा मुकेश श्रेष्ठ, सहसचिवमा उपेन्द्रमान श्रेष्ठ र सहकोषाध्यक्षमा रञ्जन कसजू सहित १७ सदस्यीय कार्यसमिति चयन गरिएको हाे ।

    साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै तानसेन गुठी काठमाण्डौका पूर्व अध्यक्ष तथा नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमाल कसजूले तानसेनबाट काठमाण्डौमा गएका नेवार समुदायले तानसेन गुठी स्थापना गरिएको र सोही अनुसारका गतिबिधिहरु गर्दै अगाडि बढिएको बताए ।

    त्यस्तै तानसेन गुठी काठमाण्डौका अध्यक्ष निलम गोंगल श्रेष्ठले तानसेन गुठीले पाल्पाको तानसेनबाट काठमाण्डौमा गएका नेवार समुदायलाई एउटा सुत्रमा बाध्ने काम गरेको बताउंदै यसका गतिबिधिलाई अझै सशक्त बनाईने र शाखाहरुले पनि समुदायको संस्कार र संस्कृतिको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

    जन्मभूमी तानसेनबाट काठमाण्डौमा गई विभिन्न पेशा व्यवसाय गरि बसेका नेवार समुदायका तानसेनबासीहरुका बिच सुमधुर सम्बन्ध, स्नेह, मित्रता र भातृत्व तथा सद्भाव कायम गरि पारस्पारिक मेलमिलाप र सहयोग अभिबृद्धि गर्दै अगाडि बढ्ने उदेश्य सहित २०५० सालमा काठमाण्डौमा स्थापना गरिएको थियो ।

    त्यसै अनुसार पाल्पाको तानसेन र रुपन्देहीको बुटवलमा तानसेन गुठीको शाखा गठन गरिएको हो । तानसेनबाट विभिन्न पेशा व्यवसायको सिलसिलामा बुटवल झरेका नेवार समुदायले तानसेन गुठी बुटवल शाखा स्थापना गरिएको अध्यक्ष निर्मलप्रसाद लाकौलले बताए ।

    साधारण सभा तथा अधिवेशनको अवसरमा दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । तानसेन गुठी बुटवलले बुटवल उपमहानगरपालिका वडा ९ निवासी ८५ वर्षीय देवीध्वज सिमाङ्गैडा र वडा नं ८ निवासी ९६ वर्षीय धनलक्ष्मी कसजूलाई सम्मान गरेको हो । उनीलाई तानसेन गुठी काठमाण्डौका पुर्व अध्यक्ष कसजू र बुटवल शाखाका अध्यक्ष निर्मलप्रसाद लाकौलले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।
    त्यसै अवसरमा सम्मानित देवीध्वज सिमाङ्गैडाले संस्थामा छात्रबृत्ति अक्षयकोष स्थापनाको लागि १ लाख ११ हजार १११ रुपैया प्रदान गरेका थिए । 
    त्यस्तै कार्यसमिति सदस्य ईरादेवी थैवले आफ्ना स्व बुवा बृजमान श्रेष्ठ र स्व आमा नैनकुमारी थैवको स्मृतिमा १ लाख १ हजार रुपैयाको अक्षयकोष स्थापनाको घोषणा गरिन्  । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा तानसेन गुठी बुटवलका सदस्य उज्ज्वलप्रसाद कसजू, पूर्व अध्यक्ष जीवनप्रसाद वझा, तानसेन गुठी बुटवलका उपाध्यक्ष अर्जुनमान सैजु, कार्यसमिति सदस्य ईरादेवी थैव, सम्मानित देवीध्वज सिमाङ्गैडा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology